Winamp windows Media Player Real Player QuickTime

रेग्मीद्धारा दलहरुसंग छलफल

कार्तिक १८ गते
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आज प्रमुख दलका नेताहरुसँग चुनावी तयारीबारे छलफल गर्नु भएको छ । सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भएको छलफल आसन्न संविधान सभाको निर्वाचनको तयारी र निर्वाचनसँग सम्बन्धित विविध विषयमा केन्द्रीत रहेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयद्धारा जारी प्रेस नोटमा उल्लेख छ । पाण्डेयका अनुसार बैठकले निर्वाचनलाई राष्ट्रीय अभियान बनाउने निश्कर्ष निकाले छ । संविधान सभाको निर्वाचन बहिष्कार गर्ने दलहरुले संविधान सभाको निर्वाचनलाई लक्षित गरि मतदान गर्ने नागरिकको अधिकारलाई कुण्ठित हुने गरी कुनै किसिमको बन्द, हडताल, हिंसात्मक गतिविधि नगर्न नगराउन बैठकले आव्हान गरेको छ, प्रेस नोटमा लेखिएको छ, त्यस्तो काम कारवाही निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता र प्रचलित कानून विपरीत हुने भएकोले त्यस्तो काम कारवाही उपर कानून बमोजिम कारवाही हुनुपर्ने कुरामा जोड दिइएको छ ।मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने दृढता दोहो¥याउँदै निर्वाचनमा भाग लिन आम जनसमुदायलाई आग्रह गर्नु भएको छ  । छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका नेता रत्नेश्वर कायस्थ र संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
 

Local News

Political News

International News

Sports News