Winamp windows Media Player Real Player QuickTime

निःशुल्क आँखा शिविर तथा सम्मान कार्यक्रम

11-10, Chitwan
समाज सेवाका माध्यामबाट पाठक वर्गमाझ लोकप्रिय बन्न सफल चितवनकै पहिलो राष्टिय अर्ध साप्ताहिक चितवन खबर राष्टिय अर्धसाप्ताहिकले शनिबार श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरुको निःशुल्क आँखा शिविर तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।पत्रिकालाई विविध तबरले सहयोग पुर्याउनु हुने प्रभु हाउजिङ एण्ड प्रोपर्टी डिलर्स प्रालीका अध्यक्ष केशब कार्कीलाई सम्मान गरिएको हो । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिकको साप्तहाव्यापी कार्यक्रम अन्र्तगत शानिबार आश्रममा आश्रित ११ जना बालिकाहरुको निःशुल्क आँँखा शिविर संचालन गरिएको थियो । कार्यक्रममा भरतपुर आँखा अस्पतालका नेत्र अधिकृत भाग्यनारायण शाह प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले आँखा जस्तो संबेदनशिल अंगको बेलैमा हेरचाह गरिनु आवश्यक रहेको बताउनुभयो । साथै बालबालिकाहरुको आँखालाई स्वस्थ राख्नका लागि अभिभावकको भुमिका अपरिहार्य भएको भन्दै उहाँले चितवन खबरले आश्रममा रहेका बालिकाहरुको अभिभावकत्व ग्रहण गरेको बताउनुभयो । साना लापरबाही तथा हेरचाहको अभावले आँखा जस्तो संबदनशील अंगमा ठुलो क्षति पुग्ने तथा नेत्र ज्योती समेत गुम्ने सक्ने तर्फ सचेत हुन स्वास्थ्यकर्मी तथा पत्रकार जयराम पाठकले आग्रह गर्नुभयो । कार्यक्रमको औचित्य तथा सान्दर्भिकताका बारेमा बोल्दै उहाँले आँखाको हेरचाह गर्नुपर्ने सांकेतिक सन्देश दिने उद्देश्यका साथ संचालन गरिएका यस्ता कार्यक्रमले समाजमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । चितवन खबर अर्ध साप्ताहिकले संचालन गर्दै आएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगतका अन्य कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गरिने पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक हरि कार्की ‘लक्की’ले बताउनुभयो । साथै उहाँले पत्रिकाले बालिकाहरुको स्वास्थ्य तथा उनीहरुको शिक्षालार्ई प्रोत्साहन गर्नका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चितवन फिल्मी सोसाईटीका अध्यक्ष रवि अधिकारी, साप्ताहिक संजाल चितवनका सचिव रामेश्वर रिजाललगायतले बोल्नुभएको थियो । कार्यक्रम पत्रिकाका प्रधान सम्पादक हरि कार्की ‘लक्की’को अध्यक्षतामा सम्पन्न भएको हो ।

Local News

Political News

International News

Sports News