Winamp windows Media Player Real Player QuickTime

अभियान टेलिभिजनको ध्यानाकर्षण

२४ फागुन
चितवनमा सञ्चालित टेलिभिजनका विषयमा पत्रपत्रिकामा उत्पन्न समाचारहरुले जनमानसमा केही द्विविधा उत्पन्न भएको पाईएको भन्दै अभियान टेलिभिजनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ  । उपभोक्ता र दर्शकहरुमा उत्पन्न द्विविधालाई सचेत सञ्चारमाध्यमले पुष्टि गर्नुपर्ने देखेकोले टेलिभिजनका प्रवन्ध निर्देशक वेदप्रसाद आचार्यले आज विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाउनु भएको हो । चितवनमा अन्य टेलिभिजनहरुले के–कस्ता कानुनी उत्तरदायित्व पूरा गरे या गरेनन् भन्ने अभियान टेलिभिजनले चासो नलिएको भन्दै प्रवन्ध निर्देशक आचार्यले सूचना तथा सञ्चार मन्त्रालयले इजाजत पत्र दिंदा इजाजत प्राप्त भएको मितिले १ बर्षभित्र प्रसारण गर्नका लागि आवश्यक प्रविधि उपकरणको छुट्टै लाईसेन्स लिने र पूर्वाधार विकास, स्टुडियो निर्माण जस्ता कार्य गर्न र सो कार्य भैसके पश्चात् मात्र प्राविधिक जडान गर्ने ऐनमा व्यवस्था भएको र उपर्युक्त कार्य गर्न १ बर्ष भित्र नसकेमा नसक्नुको कारणसहित मन्त्रालयमा पुनः बढीमा ६ महिनाका म्याद थपका लागि निवेदन दिई सो स्विकृत भए मात्र थप ६ महिनाभित्र लाईसेन्समा उल्लेखित उपकरण जडान गरी प्रसारण आरम्भ गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनु भएको छ । प्रसारण भएपछि आवश्यक निरीक्षणका लागि मन्त्रालयमा पुनः निवेदन पेश गरी निरीक्षण स्वीकृत भएपछि मात्र नियमित प्रसारणको मन्त्रालयले चिठ्ठी प्रदान गर्ने र  पूर्ण प्रसारण गर्न, विज्ञापन लिन योग्य ठहरिने जनाईएको छ । यी सबै प्रक्रिया अभियान टेलिभिजनले पूरा गरिसकेकाले र मन्त्रालयमा नवीकरण÷रोयल्टी जस्ता कार्यहरु सवै अद्यावधिक भएकाले चितवन र आसपासका सम्पूर्ण दर्शकहरु, विज्ञापनदाताहरु एवं सरोकारवाला संघ–संस्था तथा व्यक्तित्वहरुमा द्विविधा लिनुपर्ने कुनै कारण नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News