Winamp windows Media Player Real Player QuickTime

अर्पणको वार्षिकोत्सवमा हाजिरीजवाफ प्रतियोगिता

२४ फागुन
रेडियो अर्पणको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित साताहाव्यापी कार्यक्रमको तेश्रो दिन आज(विहान) अन्तर माध्यमिक उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्वेष्ट मोडल कलेवमा भएको प्रतियोगितामा एकता शिशु निकेतन प्रथम भएको छ । त्यस्तै प्यारागन उच्च मावि दोश्रो र स्काईराईडर आवासीय उच्च माविले तेश्रो स्थान हासिल गर्न सफल भए । रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षता तथा क्वेष्ट मोडल कलेजका प्राचार्य रामबाबु घिमिरेको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । प्रतियोगिताको उद्घाटन शत्रमा ग्लोवल आई एम ई वैंकका प्रवन्धक विष्णु पौडेल,प्रतियोगिताको प्रायोजक एटिट्युच मल्टि लर्निङ एकेडेमीका प्रिन्सिपल दिनेश परियार,प्रतियोगिता उपसमितिका संयोजक अर्जुन पौडेल लगायतले वोल्नु भएको थियो । यसैबीच वार्षिकोत्सव अन्तर्गत आयोजित कार्यक्रमको चौथो दिन शुक्रवार रत्यौती प्रतियोगिता हुने छ । नारी दिवसको अवसर पारेर शुक्रवार नारी हक हितका लागी खुल्ला रत्यौती प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता उपसमितिका संयोजक तथा कार्यसमिति संदस्य शुरेस भुषालले जानकारी दिनुभयो । शुक्रवार विहान ११ वजेदेखि सुरु हुने प्रतियोगिता रेडियो अर्पणको परिषरमा हुने छ ।  
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News