Winamp windows Media Player Real Player QuickTime

रत्यौती प्रतियोगितामा उज्वल महिला प्रथम

फागुन २५
रेडियो अर्पणले दोश्रो वार्षिकउत्सवको अवसरमा आज  खुल्ला रत्यौती प्रतियोगिता सम्पन्न गरेको छ । १०३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरसमेत पारेर आयोजना गरेको प्रतियोगितामा रत्ननगर १ स्थित उज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम भएको छ । त्यस्तै सिर्जनशील महिला समुह भनपा ८ गौरीगंजले द्धितिय तथा जनजजागृति समुह रत्ननगर  ८ ले तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगितामा सहभागी टिमहरुले नारी हक अधिकारका विषयलाई समेटर प्रस्तुती प्रस्तुत गरेका थिए । उनीहरुले दाईजो प्रथाको अन्त्य, महिलालाई वोक्सीको आरोप लगाएर याताना दिन नहुने,महिला हक अधिकार धैर भएको तर नपाईएको,कानुन एउटा व्यहार भने अर्को ,महिलामाथीको दमन अन्त्य लगायतका विषयवस्तु उठाएका थिए । प्रतियोगितामा विजयी टिमहरुलाई मुल समारोह समापनका दिन पुरस्कृत गरिने छ । प्रतियोगितामा पोष्टराज अर्याल र अनिता वाग्लेले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षता तथा स्थानिय महिला समाजसेवी ज्ञानु कुँवरको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो । प्रतियोगिताकै अवसरमा पिप्लेका १२ वर्षका सैलेश वर्तौलाले मार्मिक र महिला हिंसा अन्त्य गरौ भन्ने शव्द समेटेको गीत गायनलाई सम्मान गर्दै पुरस्कृत समेत गरिएको थियो । रेडियो अर्पणका समाचार प्रमुख धु्रवराज खनालले संचालन गर्नु भएको कार्यक्रममा सचिव सुरज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतियोगिताको रेडियो अर्पण र अभियान टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।


  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News