Winamp windows Media Player Real Player QuickTime

एमाओवादी बिपक्षीहरुलाई सत्ता लोभ देखाएर आन्दोलनमा जान नदिने अभियानमा छ ः नेपाल

फागुन २५
पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ट नेता तथा माधवकुमार नेपालले एमाओबादी सरकार पनि बन्न नदिने र बिपक्षीहरुलाई पनि आन्दोलनमा जान नदिने रणनीतिमा लागेको आरोप लगाएका छन् ।  
    नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनमा भाग लिन शुक्रबार चितवन आएका नेता नेपालले प्रेश चौतरीले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । एमाओबादी यो रणनैतिक चाल बिपक्षी दलहरुले बुझन नसकेको बताउदै बरिष्ठ नेता नेपालले, हेटौडा महाधिबेशनको एमाओबादीको प्रस्ताबमा काग्रेस एमाले लत्तारीएको टिप्पणी गरे।  
    ‘उनीहरुको पार्टीको महाधिवेशनको प्रस्तावमा लागेर हामीले एक प्रकारको मुर्खता प्रदर्शन गरेका छौं । अब पनि माओवादीले जे भन्यो त्यही गर्ने गल्ती दोहराउनु हुँदैन’ नेपालको भनाइ थियो । प्रधानन्यायाधीसलाई न्यायाधीसको हैसियतमा नभइ राजिनामा गराएर स्वतन्त्र व्यक्तिको हैसियतमा कार्यकारी प्रमुखको जिम्मेवारी दिनु उत्तम हुने आफ्नो विचार रहेको उनले बताए ।
    त्यस्तै सेना समायोजनमा कर्णेल पद चाहिन्छ भनेर माओवादीले सर्त अगाडी सारेको भन्दै नेता नेपालले यस्ता सर्त र दवाव ल्याउनाले माओवादी इमान्दार नभएको पुष्टि भएको बताए । ‘उनीहरु कर्णेल चाहिन्छ भन्न थालेका छन् । चुनावसँग कर्णेल पद किन जोडेको ? यसबाट उनीहरुको नियतमा शंका गर्न सकिन्छ’ नेपालको भनाइ थियो ।
    पुष्पकमल दाहालमा पनि विश्वास गर्न सकिने आधार नभएको उनले बताए । ‘त्यसैले प्रधानन्याधीसले राजीनामा नदिका हुन सक्छन् । शपथ ग्रहणका लागि जाने टुङ्गो भए पनि लौ हाम्रो पार्टीमा कुरा मिलेन रोकौ भन्न सक्ने खालका मान्छे हुन दाहाल । त्यसैले बरु शितल निवासको गेटबाट छिरेपछि भए पनि प्रधानन्याधीले राजीनामा गर्नु राम्रो हुन्छ’ नेपालले भने ।
    राजनैतिक इच्छाशक्ती भएमा जुन सुकै महिना र समयमा चुनाव गर्न सकिने नेपालको भनाइ थियो । ‘जेठ असारमा पानी पर्छ भनेर नगर्ने कि भनेको हो । गएर मौसमविद्लाई सल्लाहा गरौं पानी भदौं तिर पर्छ भन्यो भने असार साउनमै पनि चुनाव गराउन तयार हौं । बार महिनाको कुरा होइन । चुनाव गराउन दलहरु कति तयार छन् भन्ने कुरा मुख्य हो’ उनले भने ।
        सोही पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शसांक कोइरालाले माओवादीलाई विश्वास गर्ने ठाउँ नहँदा नहुँदै पनि निकासका लागि एउटा सहमतिमा पुग्न खोजेको बताए । उनले भने ‘चार दलको सहमति नभएसम्म चुनावमा जान सक्ने अवस्था थिएन । चुनावका लागि पनि प्रधानन्यायाधीसलाई प्रधानमन्त्री स्वीकार गर्नु पर्ने अवस्था आएको हो ।’
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News