Winamp windows Media Player Real Player QuickTime

वार्षिकोत्सवमा आज दुई वटा कार्यक्रम

फागुन २६
रेडियो अर्पणले आफ्नो दोश्रो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्र्तगत आज दुई वटा कार्यक्रमहरु हुदैछन् । विहान ११ वजे हुने आजको पहिलो कार्यक्रममा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुनेछ । भने मध्यान्ह १२ वजेदेखि खुल्ला रक्तदान कार्यक्रम हुनेछ । वढ्दो सवारी दुर्घटना न्युनिकरणका लागी स्लो मोटरसाईकल रेस तथा रगतको अभावलाई पुर्ती गर्ने उदेश्यका साथ रक्तदान जीवनदान भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम रेडियो अर्पणको परिसरमा हुने छ भने स्लो मोटरसाईकल रेस टाँडीमा हुने छ । यसअघि हिजो खुल्लो रत्यौती प्रतियोगिता सम्पन्न भएको थियो । १०३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरसमेत पारेर आयोजना गरेको प्रतियोगितामा रत्ननगर १ स्थित उज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम भएको छ । त्यस्तै सिर्जनशील महिला समुह भनपा ८ गौरीगंजले द्धितिय तथा जनजजागृति समुह रत्ननगर  ८ ले तृतिय स्थान हासिल गरेका छन् ।  प्रतियोगितामा पोष्टराज अर्याल र अनिता वाग्लेले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षता तथा स्थानिय महिला समाजसेवी ज्ञानु कुँवरको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियो ।  प्रतियोगिताको रेडियो अर्पण र अभियान टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News