Winamp windows Media Player Real Player QuickTime

अर्पणको वार्षिकोत्सवमा शनिवार मोटर स्लो रेस र रक्तदान कार्यक्रम

२६ फागुन
रेडियो अर्पणले आफ्नो दोश्रो वार्षिकउत्सवको अवसरमा आज दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । साप्ताहिक रुपमा कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै आएको रेडियो अर्पणले आज स्लो मोटरसाईकल रेस र खुल्ला रक्तदान कार्यक्रम गरेको हो । क्वेष्ट मोडल कलेजमा भएको स्लो मोटरसाईकल रेस प्रतियोगितामा रत्ननगर १ का गणेश पौडेल प्रथम हुनुभएको छ । फाईनलमा सहभागी ५ जना मध्ये ४ जनालाई पछि पार्दै पौडेल प्रथम हुनु भएको हो । प्रतीयोगीतामा १८ जना प्रतीयोगी सहभागी थिए । प्रतियोगितामा प्रथम हुनु भएका गणेश पौडेललाई आजै ३ हजार २ सय रुपैयाबाट पुरस्कृत गरिएको छ । रत्ननगर १ स्थित त्रिशक्ती ग्रील सटर उद्योगले पुरस्कार सौजन्य गर्नु भएको थियो । त्रिशक्ती ग्रील सटर उद्योग वार्षिकोत्सव समारोहको प्रायोजक पनि हो । प्रतीयोगीतामा बसन्त बहादुर राना र विपीन शर्मा निर्णायक रहनुभएको थियो । रेडियो अर्पणका कर्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षता तथा ट्रफिक प्रहरी टंक भट्टको प्रमुख अतिथ्यतामा प्रतियोगिता भएको थियो । वढ्दो सवारी दुर्घटना न्युनिकरणका लागी वार्षिकोत्सव अवसर पारेर रेडियोले स्लो मोटरसाईकल रेस प्रतियोगिता आयोजना गरेको रेडियोका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । यसैबीच आजै भएको खुल्ला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । रेडियो अर्पणको परिसरमा सम्पन्न कार्यक्रममा १० महिला सहित ७२ जनाले रक्तदान गरेका हुन् । रेडियोका कार्यकारी अध्यक्ष वेद प्रसाद  आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री ज्ञानशाली न्योपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले वार्षिकोत्सव समारोहमा सहयोगी संस्था मनकामना फेन्सी स्टोर्सका प्रोप्राईटर रमेश लोहनीलाई व्लड व्याग हस्तान्तरण गरे कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साप्ताहिक कार्यक्रम अन्तर्गत भोली आईतवार धर्म,संस्कृति र कला संरक्षण सम्वन्धी खुल्ला भजन प्रतियोगिता हुने छ ।


Local News

Political News

International News

Sports News