Winamp windows Media Player Real Player QuickTime

रेडियो अर्पण आजदेखि तेश्रो वर्षमा प्रवेश

२८ फागुन
धु्रवराज खनाल
सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्ज आजदेखि तेश्रो वर्षमा प्रवेश गरेको छ । रत्ननगर १ वकुल्लहर स्थित रेडियो अर्पणले आजैको दिन अथवा वि.सं. २०६७ साल फागुन २८ गते नियमित प्रसारण सुरु गरेको थियो । समुदायको विकास तथा आम समुदायको भावनालाई केन्द्रित गर्दै रेडियो अर्पणले हाल  विहान ४ वजे देखि राती ११ वजेसम्म विभिन्न कार्यक्रम,समाचार, सन्देश, गीतसंगीत प्रस्तुत गर्दै आएको छ । रेडियो अर्पणले काठमाडौस्थित सामुदायिक सुचना नेटवर्क(सिआईएन),नेपालवाणी नेटवर्क र नेपाल एफ एमको समाचार प्रस्तुत गर्दै आएको छ । त्यसको अलावा अरु प्रत्येक घण्टा आफैले उत्पादन गरेका समाचार वुलेटिनहरु प्रसारण गर्दै आएको छ । रेडियो अर्पणले तेश्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न संघसंस्था,विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका छन् । रेडियो अर्पणमा हाल ४७ जना शेयर सदस्य आवद्ध रहेका छन् । दोश्रो वर्षको समाप्ती तथा तेश्रो वर्ष प्रवेशको अवस्था सम्म रेडियोलाइ निरन्तर सुनेर साथ दिने सम्र्पुण श्रोताहरु,विज्ञापनदाता,शुभचिन्तक ,रेडियोका शेयर सदस्य,कर्मचारी सवैमा रेडियोले धन्यवाद ज्ञापन गरेको छ । रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्तीमा सम्र्पुणमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सल्लाहा,सुझाव र प्रतिक्रियाको आशा गरिएको उल्लेख छ । यसैबीच रेडियो अर्पणले आफ्नो दोश्रो वार्षिकोत्सवको मुल समारोह आजै समापन गर्दैछ । रेडियो अर्पणले गत फागुन २२ गते देखि साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउँदै आएको छ । मुल समारोह समापनमा रेडियोले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयी टिम तथा व्यक्तीहरुलाई पुरस्कृत,वृद्धवृद्धा सम्मान तथा सांस्कृतिक कार्यक्रम रहनेछन् । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक प्रजापति पराजुली ,मिलन लामा गायिका जमुना राना ,मोडल सुर्य ढकालको प्रस्तुती रहने छ । गत २२ गते समुदायमा सामुदायिक रेडियोको भुमिका विषयक अन्तरक्रिया,२३ गते पत्रकारहरुबीच घैटो फुटाई प्रतियोगिता,अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र अन्तर माविस्तरीय वुद्धिचाल प्रतियोगिता,२४ गते अन्तर मावि,उमाविस्तरीय हाजिरीजवाफ प्रतियोगिता,२५ गते नारी हकहित र अधिकार विषयक खुल्ला रत्यौती प्रतियोगिता,२६ गते स्लो मोटरसाईकल रेस प्रतियोगिता र खुल्ला रक्तदान कार्यक्रम र २७ गते खुल्ला भजन प्रतियोगिता गरेको थियो । हिजो भएको भजन प्रतियोगितामा राप्ती केरुङ्गा दोभान समुह जगतपुर प्रथम भएको थियो । त्यस्तै राधाकृष्ण भजन समुह द्धितिय,पुष्पाञ्जली भजन समुह तृतिय र नवआलोक क्लव गौरीगञ्जले सान्त्वना स्थान हासिल गरेका थिए । भजन प्रतियोगितामा भजन गायक प्रजापति पराजुली,पोष्टराज अर्याल र गंगाराम आचार्य निर्णायक रहनु भएको थियो । रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षता तथा समाजसेवी ,धार्मिक अनुरागी एवंम रेडियो अर्पणका नियमित श्रोता हरिशरण पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  


Local News

Political News

International News

Sports News