Winamp windows Media Player Real Player QuickTime

नेपाल अडिटर्स एसोसियनसनको क्षेत्रिय अध्यक्षमा चितवनका केशव

२९ फागुन
नेपाल अडिटर्स एसोसियनसनको दोश्रो मध्यामाञ्चल क्षेत्रिय अधिवेशनले चितवनका केशव प्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । एसोसियसनको आज रत्ननगरमा सम्पन्न दोश्रो अधिवेशनले पौडेलको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । एसोसियसनको उपाध्यक्षमा महोत्तरीका सुरेशकुमार लाल,सचिवमा मकवानपुरका रामकुमार वर्तौला,सहसचिवमा धादिङका गोकुल रुवाली र कोषाध्यक्षमा पर्सा जिल्लाका नरहरी आचार्यलाई निर्वाचित भएका छन् । त्यसै गरी कार्यसमितिको सदस्यहरुमा उमेश मिश्र,महेस भुषाल,चन्द्रमोहन अधिकारी,सारदाप्रसाद हमाल,भेषराज कोईराला र सावित्री सुवेदी चयन भएका नेपाल अडिटर्स एसोसियसन चितवनका अध्यक्ष देवीप्रसाद डल्लाकोटीले जानकारी दिनुभयो । एसोसियसनका निवर्तमान अध्यक्ष राजेन्द्र ढुङ्गानाको अध्यक्षता तथा एसोसियसनका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News