Winamp windows Media Player Real Player QuickTime

वावुराम सरकार ४८ घण्टा भित्र ढल्ने

२९ फागुन
नेकपा एमालेका पोलिटब्युरो सदस्य काशिनाथ अधिकारीले अहिलेको वावुराम सरकार ४८ घण्टा भित्र ढल्ने दावी गर्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य अधिकारीले अहिलेको सरकार इतिहासकै नालायक सरकार भएको बताउदै नैतिक मुल्यको सम्पुर्ण सिमा नाघेको सरकारको आयु समाप्त भएको बताउनु भएको छ । नेकपा एमाले पिठुवा गाउ कमिटीको १० औं गाउ अधिवेशनको उद्घाटन सत्रका वोल्दै नेता अधिकारीले सामाजिक र आर्थिक रुपान्तरण विना देश विकास असम्भव भएकाले सो आर्थिक क्रान्ति गर्न र देशमा आमु्ल परिर्वतन गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको उहाँले दावी गर्नुभएको थियो । नेपाल एमाले पिठुवा गाउ कमिटीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनाल, एमाले जिल्ला सचिवालय सदस्य नारायण वन,जिल्ला कमिटी सदस्य विनाद रेग्मी,नेपाल उत्पिडित जातिय मुक्ति समाजका अध्यक्ष सहदेव लकान्द्री,रत्ननगर नगर अध्यक्ष प्रेमनाथ दुवाडी,जुटपानी गाउ कमिटी अध्यक्ष केशव लामा, अनेरास्ववियु केन्द्रीय सदस्य केशव आचार्य,अनेम संघ जिल्ला कमिटी सदस्य पुण्य प्रभा अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अधिवेशनले आगामी कार्यकालको लागि नया कार्यसमिति चयन गर्ने जनाईएको छ ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News