Winamp windows Media Player Real Player QuickTime

वालमैत्री कार्यक्रम

२९ फागुन
बालमैत्री स्थानिय शासन कार्यक्रम अन्र्तगत बुधबार रत्ननगरमा अन्र्तकृया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नारी जागरण  केन्द्र रत्ननगरकी अध्यक्ष बिमला दुवाडीको अध्यक्षता तथा रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तोरणराज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल मैत्री स्थानिय शासन कार्यक्रम वडा समन्वय समिति १२का संयोजक पुर्ण पुरी , वडा २ का संयोजक प्रताप डल्लाकोटी , असहायबृद्ध कल्याण समाज रत्ननगरका सहसचिव गोकर्ण खनाल  लगायतले बोलेका थिए  । कार्यक्रममा नगरपालिकाका बालमैत्री स्थानिय शासन कार्यक्रमका फोकल पर्सन तोरणराज पौडेलले बालबालिकाका अधिकारहरु बाच्न पाउने अधिकार , संरक्षणको अधिकार , बिकाशको अधिकार र सहभागिताको अधिकारका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बालमैत्री स्थानिय सासन कार्यक्रम अन्र्तगत बिगत १० महिनामा  भएको कार्यक्रमबारे बिमला दुवाडीले जानकारी गराउनु भएको थियो ।
 

Local News

Political News

International News

Sports News