Winamp windows Media Player Real Player QuickTime

चितवनबाट १२,२७६ विद्यार्थी सहभागी

चैत १
फलामे ढोका मानिएको एसएलसि परिक्षा आजबाट सुरु भएको छ । विहान ८ वजेदेखि सुरु भएको परिक्षा ११ वजे सम्म चल्ने छ । परीक्षामा चितवनबाट १२ हजार २ सय ७६  परीक्षार्थी सामेल भएका छन् ।   नियमित तर्फ १० हजार ४ सय ७६ र आंशिक तर्फ १ हजार ८ सय परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । परीक्षाका लागि ३८ वटा परिक्षाकेन्द्र रहेका  छन् । एसएलसी दिनेमा चारजना दृष्टिबिहीन छन् ।  शिविरमा रहेका माओवादी लडाकु सेनामा समायोजनका क्रममा बाहिरिएपछि यस वर्ष चितवनमा एसएलसीको परीक्षा केन्द्र २ वटा घटेका छन्  । यसैबीच चितवनमा रजिष्ट्रेसन फारम भरेका ३ सय ८ जना विद्यार्थीहरु परीक्षाबाट बन्चित भएका छन्। शिक्षा नियमावली अनुसार कक्षामा ७५ प्रतिशत हाजिरी नभएका विद्यार्थीहरु रहेकाले उनीहरुले परिक्षा दिन नपाएका हुन्। नियमीततर्फ १० हजार ७ सय ८४ जना विद्यार्थीले फारम भरेको भए पनि मापदण्ड पुगेका १० हजार ४ सय ७६ परीक्षार्थीलाई मात्रै परिक्षामा सहभागि गराईएको शिक्षा कार्यालयले जनाएको छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News