Winamp windows Media Player Real Player QuickTime

वछौली एमालेमा गोविन्द

१ चैत
नेकपा एमाले बछौली गाउ कमिटीमा गोविन्द प्रसाद रिजाल चयन भएका छन् । गाँउ कमिटीको  आज सम्पन्न ८ औ गाउ अधिवेशनले  रिजालको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अर्जुन ढकाल,सचिवमा अशोक दराई र उपसचिवमा लक्ष्मी अर्याल रहनु भएको छ । कार्यक्रममा समाजमा विशिष्ठ योगदान पु¥याउने राम प्रसाद अधिकारी,छायादेवी गौतम,थिर कुमारी रिजाल र गाविन्द्र प्रसाद रिजाललाई सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया,राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय कृष्ण खनाल, दावा लामा,क्षेत्र नम्वर १ का क्षेत्रीय अध्यक्ष गोविन्द कडेल,रत्ननगर नगर कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी,जिल्ला कमिटी सदस्यहरु राजाराम रेग्मी,हिरा बहादुर गुरुङ,अनेम संघ जिल्ला सदस्य चण्डिका ढकाल,समाजसेवी जंगीलाल चौधरी लगायतले वोल्नु भएको थियो । नेकपा एमाले केन्द्रीय लेखा आयोगमा सदस्य एवम पूर्व सांसद जेपी भेटवाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम गाउ कमिटी अध्यक्ष घनश्याम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News