Winamp windows Media Player Real Player QuickTime

मोहना उमाविमा तालावन्दी

२ चैत
पुर्वी चितवन रत्ननगरस्थित मोहना उच्च माविको प्राचार्य र लेखा शाखामा आज स्थानियवासीले तालावन्दी गरेका छन् । रत्ननगर ६ स्थित सो विद्यालयमा शिक्षक छनौटका विषयलाई लिएर अनिश्चितकालिन तालावन्दी गरिएको हो । शिक्षक छनौट परिक्षा भरतपुरबाट गर्ने विद्यालयको तयारीको विरोधमा विद्यालयमा तालावन्दी गरेको स्थानीय विकास पौडेलले जानकारी दिनुभयो । स्थानियलाई प्राथमिकता दिनु पर्ने र शिक्षक नियुक्तीको परीक्षा सोही विद्यालयमा गराउनुपर्ने उनीहरुको माग रहेको छ ।
मोहना माविले फागुन ८ गते सामाजिक शिक्षकका लागि आवेदन खुला गरेको थियो । यता विद्यालयले भने भोलीका लागी  चितवन माविमा परिक्षा लिने तय गरेको छ ।
शिक्षा नियमावली अनुरुप श्रोतकेन्द्र अथवा सदरमुकाम शिक्षक छनौट गर्ने तोेकेको हुँदा भरतपुरमा परिक्षा लिन लागिएको विद्यालयका प्राचार्य दयाराम ढकालले जानकारी दिनुभयो । विद्यालयमा तालावन्दी भएपछि भोलीका लागी तय भएको परिक्षा हुने सम्भावना नरहेको पनि उहाँले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News