Winamp windows Media Player Real Player QuickTime

जनही एक एक हजार तिराई रिहा

२ चैत
माडीमा रहेका मध्यवर्ति उपभोक्ता समितिका कार्यलयमा तोडफोड र अगजनि गर्ने ६ जना युवालाई जिल्ला प्रशासन कार्यलय चितवनले जनहि एक हजार रुपैया धरौटिमा रिहा गरेको छ । गत मंसिर २९ गते माडीमा ध्रुवे हात्तिको आक्रमणवाट वोट दम्पतिको मृत्यु भएपछि आन्दोलित वनेका माडि वासिले अयोध्यापुरी , रेवा ,वघौडा, र गर्दि मध्यवर्ति उपभोक्ता समितिको कार्यालयमा आगजनि र तोडफोड गरेका थिए । तोडफोडको अभियोगमा स्थानिय सूर्य काफ्ले, अमित लामा, जेम्स महतो, कृष्ण प्रसाद महतो, रोजेश महतो, र पृथ्वि महतो विरुद्ध किटानि जाहेरी परे पछि उनिहरु फरार भएका थिए । जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जि जारी गरेपछि प्रशासनमा स्वयम उपस्थित भएका उनीहरुलाई जनहि एकहजार रुपैया धरौटि लिई तारेखमा छोडिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । पक्राउ पुर्जि जारी गरेपछि राजनैतिक दवावका कारण धरौटिमा रिहा गर्ने सहमति भएको थियो ।
 

Local News

Political News

International News

Sports News