Winamp windows Media Player Real Player QuickTime

प्याक्टको उपआयोजना नचल्ने संकेत,, हालको लागत मुल्यका कारण समस्या

२ चैत
चितवनका सहकारी र कृषिजन्य पदार्थ उत्पादन तथा विक्री वितरण गर्ने निजी फर्महरुले संचालन गरिरहेको उपआयोजनाहरु केही संस्थाहरुले पुर्ण रुपमा संचालन गर्न नसक्ने अवस्था देखिएको छ । उपआयोजना संचालनका लागी आवश्यक मेसीनरी औजारको लागत मुल्य वृद्धि भएकाले केही संस्थाहरुले उपआयोजना संचालन गर्न नसक्ने अवस्था देखिएको हो । नेपाल सरकार कृषि मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्टं) द्धारा चितवनका दुग्ध उत्पादक सहकारी संस्था र केही निजी संस्थाहरुले उपआयोजना संचालन गरिरहेका छन् । उपआयोजना संचालनका लागी आवश्यक पर्ने मेसीनरी औजारको लागत मुल्य सम्झौता भएको मिति भन्दा हाल मुल्य वढ्न गएकाले केही संस्थाहरुले उपआयोजना संचालन गर्न नसक्ने अवस्थामा पुगेको उपआयोजना संचालन गरिरहेको पुर्वी चितवनको कठार ४ शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष वालकृष्ण उप्रेतीले वताउनु भयो । २०६९ साउनमा सम्झौता भए अनुसार हाल ति मेसीनरी औजारको मुल्य २५ प्रतिशतले वृद्धि भएको उप्रेतीको भनाई छ । सहकारी संस्थाहरुलाई उक्त कार्यक्रम संचालन गर्न साधारण सभाबाट पारित गराउनु पर्ने अवस्था वहुमत सदस्यहरुको रायसुझावलाई ध्यान दिनु पर्ने तथा सामुहीक निर्णयद्धारा उपआयोजना चलाउनु पर्ने वाध्यताका साथै सहकारी विभागद्धारा हालै लिईएको निति अनुसार सहकारीहरुलाई वैंकहरुले लगानी नगर्ने भएका कारण पनि समस्या आएको उहाँले वताउनु भयो । सम्झौता मिति अनुसार २०७० सालको आर्थिक वर्ष सम्म संचालन गर्नु पर्ने भएता पनि उपआयोजना संचालनको सभ्भावना छैन् उप्रेतीले भन्नुभयो– पुर्ण सफल वनाउन उपआयोजना संसोधन गर्नु पर्ने देखिन्छ । नेपाल सरकार कृषि मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्टं) ले एउटा सहकारीलाई २८ लाख अनुदान दिने सम्झौता भएको छ । जस अनुसार पहिलो चरणमा प्याक्टले ति सहकारीहरुलाई साँढे ५ लाख लगानी गरिसकेको छ । प्याक्टको २८ लाख र संस्थाको २८ लाख गरी ५६ लाखमा उपआयोजना संचालन गर्ने सम्झौता भएको हो ।  प्याक्टले हाल चितवनका ६ वटा सहकारीमा लगानी गरेको छ । पहिलो चरणमा गोठ सुधार मर्मत,नश्ल सुधार र चाप कटर मेसिन खरिदका लागी प्याक्टले लगानी गरेको हो । दोश्रो चरणमा प्याक्टले दुग्धजन्य पदार्थ उत्पादन गर्ने कार्यका लागी सहयोग गर्नेछ । पहिलो चरणमा गरिएको लगानीबाट भने कृषकहरुले फाईदा लिएको र काम प्रभावकारी भएको अध्यक्ष उप्रेतीले वताउनु भयो ।  पहिलो चरणको काम प्रभावकारी छ उप्रेतीले भन्नुभयो– दोश्रो चरणको कार्यक्रम संचालनका लागी मेसीनरी औजार खरिदको लागत मुल्य समायोजन हुनुपर्छ नत्र दोश्रो चरणका कार्यक्रम हुन सक्दैन । गोठ मर्मत सुधार,नश्ल सुधार  र चाप कटर मेसिन २०÷२० जना कृषकहरुलाई संस्था मार्फत लगानी गरेको छ । उपआयोजना पुर्ण रुपमा संचालनका लागी सम्झौता भएका विभिन्न सहकारी संस्थाहरुले प्याक्टलाई निति संसोधन गर्न समेत आग्रह गरिसकेका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News