Winamp windows Media Player Real Player QuickTime

गैडाको खागसहित ४ जना पक्राउ

७ चैत
चितवनको भरतपुर स्थित क्षेत्रपुरबाट गैंडाको खागसहित ४ जनालाई आज दिउसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको अनुसन्धान व्युरो सिआइबीलाई प्राप्त विशेष सुराकीको आधारमा चितवन प्रहरी र सिआइबीको संयुक्त टोलीले ४ जनालाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दिपककुमार थापाले जानकारी दिनुभयो ।नौ सय ग्रामको खाग क्षेत्रपुरमा रहेको चौरमा कारोबार गर्न ल्याउदा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर ११ बसेनीका भिम बहादुर बिक, आँपटारीका कृष्ण गहतराज, गोरखा बारपाकका धनबहादुर गुरुङ र आशबहादुर सुनार रहेका छन् ।उनीहरुको साथबाट खाग र दुईवटा मोटरसाइकल पनि बरामद गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो र चितवन प्रहरीले एक हप्ता अघिदेखि यस समूहलाई पिछा गरिरहेको थियो ।पक्राउ परेको खाग कहिले कहाँ बाट तस्कर गरेको र उनीहरु कसरी संलग्न भए भन्नेवारमा अनुसन्धानपछि मात्रै भन्न सकिने प्रमुख थापाले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News