Winamp windows Media Player Real Player QuickTime

मोहना माविको ताला खुल्यो

७ चैत
पुर्वी चितवनको मोहना उच्च माविको प्राचार्य र लेखा कक्षमा स्थानियवासीले लगाएको ताला सहमतीपछि ६ दिनपछि आज खुलेको छ । विद्यालय व्यवस्थापन ,प्राचार्य र स्थानियवासीबीच साँझ भएको वार्तामा शिक्षक छनौट परिक्षा सोही विद्यालयमा गराउन र स्थानियलाई प्राथमिकता दिन जिल्ला शिक्षा कार्यालयमा पहल गर्ने सहमती पछि ताला खुलाईएको स्थानिय विकास पौडेलले जानकारी दिनुभयो । विद्यालयमा आवश्यक शिक्षक छनौट परिक्षा सोही विद्यालयमा गर्नु पर्ने र स्थानियलाई नै प्राथमिकता दिनु पर्ने माग गर्दै गत चैत्र २ गते स्थानियवासीले ताला लगाएका थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,स्थानियवासीहरु पहलका लागी शिक्षा कार्यालय जाने सहमती भएको पौडेलले वताउनु भयो । यस अघि विद्यालयलले शिक्षक छनौट परिक्षा सदरमुकाम भरतपुरमा गर्ने तयारी गरेको थियो ।
 

  • Program on air
  • Program Name: Nepal Bani News
  • Program Host: Nepalbani Network
  • Time duration: 08:00 PM-08:30 PM
  • Next Program
  • Program Name: BBC Nepali Sewa
  • Program Host: BBC
  • Time duration: 08:45 PM-09:10 PM

Local News

Political News

International News

Sports News