Winamp windows Media Player Real Player QuickTime

वाटोमा धान रोपेर विरोध

९ चैत
पुर्ब पश्चिम राजमार्ग अन्र्तगत पुर्बि चितवनको रत्ननगरका स्थानियबासीले आज सडकमै धान रोपेका छन् । सडक भत्कीएको लामो समय बिति सक्दा समेत सडक मर्मतमा सडक बिभागले ध्यान नदिएको भन्दै उनिहरुले ध्यानाकर्षण गराउन सडकमा यातायात बन्द गरेर धान रोपेका हुन् । स्थानियवासीले सडकमा रहेको हिलो माटोमा धान रोप्नुका साथै पानी जमेको खाल्डोमा माछा मारेको जस्तो गरेर व्यङ्ग स्वरुप विरोध जनाएको स्थानियवासी आर जोशीले जानकारी दिनुभयो । रत्ननगर २ को टाडी चोकमा रहेको  चौतारो अगाडी सडकमा बनेको खाडलमा परेर मोटरसाईकल ,ट्याम्पो पटक पटक दुर्घटना भएपछि स्थानियबासी सडकबन्द गरेर बिरोध प्रदर्शनमा उत्रिएका हुन् । दिउसो १२ बजे बाट भएको यातायात बन्द सडक बिभागको ट्र्याक्टरले सडकमा गिटी हालेपछि दिउसो १ बजेपछि खुलेको थियो । उनीहरुले सडक मर्मतका लागी पहल नगरेको भन्दै रत्ननगर नगरपालिका र उद्योग वाणिज्य संघको विरुद्ध नारावाजी समेत गरेका थिए । विहीवार पानी परेपछि सडक झनै विग्रएको छ ।   सडक मर्मत गरि पिच गर्ने काम नभए पुन आन्दोलन अगाडी बढ्ने बिकाश सरोकार मञ्च रत्ननगरका अध्यक्ष जनि अहमद शेखले जानकारी दिनु भयो ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News