Winamp windows Media Player Real Player QuickTime

चितवनमा क्षयरोगीको संख्या घट्दै

९ चैत
चितवनमा क्षयरोगीको संख्या घट्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा क्षयरोगीहरुको संख्या आर्थिक वर्ष २०६८÷६९ को तथ्याङक अनुसार १५ सय ४९ रहेको छ । जुन बिगतका बर्षको तुलनामा घटदो अबस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यलय चितबनका प्रमुख केहरसिंह गोदारले जानकारी दिनुभयो । विश्व क्षयरोग दिवसको सन्र्दभमा आज जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र क्षयरोग निबारण संस्था चितवन शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चितवनमा क्षयरोगीका बिरामी पत्ता लगाउने दर ७१ प्रतिशत , निको हुने ८७ प्रतिशत र यस रोगका कारण मर्नेहरुको संख्या १ दशमलब ४ प्रतिशत रहेको जनाईएको थियो । नेपालमा भने हालसम्म ८० हजार क्षयरोगीका बिरामीहरु रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा समुदायमा रहेका क्षयरोगीहरुको संख्या पत्ता लगाई उनिहरुलाई नियमित उपचार गराएमा क्षयरोगबाट बच्न सकिने सरोकारवालाहरुले बताएका छन् । क्षयरोग निदान तथा उपचारका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिनुपर्ने उनिहरुको भनाई छ । नेपालको कुल जनसंख्याको ४५ प्रतिशत मानिसमा यस रोगको किटाणबाट संक्रमित छन् । यसैबिच विश्व क्षयरोग दिवसको सन्र्दभमा जिल्ला जनस्वास्थ्य कार्यलयले रिक्सा चालकहरुलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै क्षयरोगीहरुलाई फलफुल बितरण गर्ने भएको छ । क्षयरोग बाट हुने बिरामी दर र यसबाट हुने मृत्युदर घटाएर यो रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य राखेको नेपाल क्षयरोग निवारण संस्था चितवनका अमर दबाडीले जानकारी दिनुभयो । यो रोगलाई निबारण गर्न सरकारले निशुल्क औषधीको व्यवस्था र प्रत्येक क्षयरोगीका बिरामीलाई पोषणभत्ता स्वरुप मासिक पाँच सय रुपैया प्रदान गर्दै आएको छ ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News