Winamp windows Media Player Real Player QuickTime

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत

९ चैत
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघले स्वागत गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष एंव वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठले भ्रमणको उद्देश्य बारेमा जानकारी गराउनु भएको थियो ।     कार्यक्रममा संघहरुको विच भए गरेका गतिविधिहरु, दुबै संघविच भाइचाराको सम्बन्ध विकास गर्ने, एक आपसमा अनुभवको आदानप्रदान गर्ने, औद्योगिक तथा व्यवसायीक समस्याहरुको समाधानको लागि ऐक्यबद्धता कायम गर्ने बारेमा छलफल गरिएको थियो । त्यसै गरी रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव नारायण श्रेष्ठले संघको विगत देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा कृषि तथा पशुपालन व्यवसायमा यस क्षेत्रमा भएको गतिविधि र संघको भूमिका सम्वन्ध राखिएको जिज्ञासामा संघका कृषि प्रवद्र्धन समितिका संयोजक भिमनारायण श्रेष्ठले प्रष्टाउनु भएको थियो ।  सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठले दुई संघ विच पर्यटन प्रवद्र्धनका लागी सहकार्य गर्नुपर्ने जानकारी सहित धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News