Winamp windows Media Player Real Player QuickTime

एमाले क्षेत्र नम्वर २ मा कृष्ण डल्लाकोटी

चैत्र ११
नेकपा एमाले क्षेत्र नम्वर २ को क्षेत्रिय अध्यक्षमा कृष्ण डल्लाकोटी सर्वसम्मत चयन हुनु भएको छ । हिजो साँझ सम्पन्न दोश्रो अधिवेशनले डल्लकोटीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा रामशरण कुँवर चयन हुन भएको छ । उपाध्यक्षका अर्का दावेदार प्रताप डल्लाकोटीले समर्थन जनाएपछि कुँवर चयन हुनु भएको हो । सचिवमा भने कुरा मिल्न सकेन । सचिवमा गोपी नेपाल र टिका रिजालले उम्मेदवारी प्रस्तुत गर्नु भएको हो । सचिवका विषयमा अध्यक्ष मण्डलले आज निर्णय गर्ने वताईएको छ । सहसचिवमा भने विमला दुवाडी चयन हुनु भएको छ । त्यस्तै भुगोल,जनाजती,दलित,महिला तर्फ भने सर्वसम्मत भएको प्रताप डल्लाकोटीले जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News