Winamp windows Media Player Real Player QuickTime

शहिद स्मृतिले ३३ औं वार्षिकोत्सव मनायो

चैत्र ११
शहिद स्मृती बहुमुखी क्याम्पस रत्ननगरले ३३ औ बार्षिकोत्सब भव्य समारोहकाबीच मनाएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा बिश्वविद्यालय अनुदान आयोगका अध्यक्ष गणेशमान गुरुङको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा बिभिन्न सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तब्य राख्दै क्याम्पसले छोटो समयमा गरेको प्रगतिको प्रसंसा गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बिभिन्न समस्याका बाबाजुद बिश्वविद्यालय अनुदान आयोगको सहयोगका कारण क्याम्पसले निरन्तर प्रगति गरि रहेको बताउनु भयो । क्याम्पसको प्रगति प्रतिबदेन सुनाउदै क्याम्पस प्रमुख गोकर्ण मल्लले भौतिक बिकाशमा क्याम्पसले उल्लेख्य प्रगति गरेको र आगमी दिनमा शैक्षिक गुणस्तर बिकाशमा केन्द्रित रहने बताउनु भयो ।  कार्यक्रमका प्रमुख अतिथि गणेशमान गुरुङले क्याम्पसले भौतिक बिकाशमा गरेको प्रगति प्रति खुशी ब्यक्त गर्दै दिगो बिकाशका लागि प्राध्यापकको क्षमता अभिबृद्धिमा ध्यान दिन सुझाव दिनु भयो । उहाँले स्थानिय राजनितिक दल र विद्यार्थीले अस्वस्थ प्रतिस्पर्धा भन्दा क्याम्सको बिकाशका लागि सृजनशिलता र एकता देखाउन सक्नु पर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि हृदयरत्न बज्राचार्यले समयको माग अनुसारका बिषयको पठन पाठनका लागि क्याम्पस अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।  कार्यक्रममा बिभिन्न राजनितिक दलका जिल्ला नेतृत्व ,क्याम्पसका सल्लाहकार,  विद्यार्थी संगठनका ईकाई प्रमुखहरु ,अभिभावक ,उधोगी ब्यवसायी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै  क्याम्पसको बृद्धि बिकाशका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।  कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गितमा नृत्य प्रस्तु गरेका थिए । थारु बिद्यार्थीहरुले परम्परागत सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । बार्षिकोत्सबका अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
 
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News