Winamp windows Media Player Real Player QuickTime

लोकसेवा तयारी कक्षा

चैत्र ११
रत्ननगर नगरपालिकाले राजपत्र अनंकित प्रथम श्रेणी नायव सुव्वा पदको लागी लोकसेवा तयारी कक्षा सुरु गरेको छ । महिलाहरुको मात्र सहभागीता रहने तयारी कक्षाको आज औपचारीक रुपमा उद्घाटन गरिएको छ भने कक्षा संचालन भने भोली देखि सुरु हुनेछ । ।  नगरका ५० जना महिला सहभागी तयारी कक्षामा  विज्ञहरुले सहजीकरण गर्ने नगरपालिकाका सुचना प्रमुख लिालनाथ अर्यालले जानकारी दिनु भयो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी सिवराम गेलाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी रत्ननगरका अध्यक्ष कृष्णप्रसाद सापकोटा,नेपाली काग्रेश नगरसभापति रुपनराज घिमिरे,नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी,नेकपा माले नगर सचिव रामहरी लम्साल,महिला नगर समन्वय समितिकी उपाध्यक्ष तीर्थमाया पौडेल लगायतले वोल्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News