Winamp windows Media Player Real Player QuickTime

इच्छा विपरित फागु दल्ने २५ दिन जेलमा वस्नुपर्ने

१२ चैत
धुर्वराज  खनाल
फागु पूर्णिमाको अवसरमा हुन सक्ने उच्छृङखल गतिबिधि रोक्न चितवन प्रहरीले सक्रियता बढाएको जनाएको छ । भोली मनाईने फागु पुर्णिमामा जथाभावी लोला, रंग र पानी नछेप्न चेतनामुलक अभियान चलाएको प्रहरीले जनाएको हो । चेतनामुलक अभियान अन्तर्गत प्रहरीले जिल्लाका मुख्य मुख्य वजारहरुमा माईकिङ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपककुमार थापाले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ,भरतपुर,टाँडी,खैरहनी र मुग्लिन वजारमा चेतनामुलक माईकिङ गरिने थापाले वताउनु भयो ।  इच्छा विपरीत जबर्जस्ती रंग, लोला र पानी छेप्ने तथा र दुव्यर्वहार गर्नेलाई सार्वजनिक मुद्या चलाउने प्रहरी उपरिक्षक थापाले वताउनु भयो । यदि अटेर गरेर कसैको इच्छा विपरितका क्रियाकलाप गरे पक्राउ गरी सार्वजनिक मुद्या चलाउने प्रहरीले जनाएको छ । पक्राउ परेकालाई २५ दिन हिरासतमा राखिने पनि थापाले वताउनु भयो । सभ्भावित त्यस्ता गतिविधि हुन नदिन तालिम केन्द्र भरतपुर र शशस्त्र प्रहरीको साथ लिने उहाँको भनाई छ । भरतपुर र नारायणगढमा मात्रै ७ वटा प्रहरीको मोवाईट टोली खटाउने जिल्ला प्रहरी कार्यालयको तयारी छ । चार्डलाई चाडको रुपमा मनाउन प्रहरी उपरिक्षक थापाले सवैमा आग्रह गर्नु भएको छ । त्यस्तै मापसे,लागु औषध सेवन गरी सवारी चलाउने,विना हेल्मेट,एउटै मोटरसाईकलमा तीन जना चढ्ने,सवारी गरी मोडिफाई गरी चलाउन,इच्छा विपरित वलपुर्वक होली खेल्ने र हुलहुज्जत गर्नेलाई कारवाही गरिने थापाले वताउनु भयो । जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयले यसअघि नै सूचना निकालेर होलीको अवसरमा कसैको इच्छा विपरित रंग दल्ने, लोला हान्ने र पानी फ्याँकेर दुःख नदिन अनुरोध गरिसकेको छ ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News