Winamp windows Media Player Real Player QuickTime

होली पर्व मनाईदै

१३ चैत
मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु अर्थात होली पर्व आज आपसमा रंग र लोला खेली मनाईंदैछ । दैत्यराज हिरण्यकश्यपुले छोरा प्रल्हादलाई मार्न आगोले नपोल्ने वरदान पाएकी बहिनी होलिकाको साथमा आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी, तर प्रल्हादलाई पोल्न नसकेको धामिर्क शास्त्रमा उल्लेख छ । त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी होलिका मारिएको सम्झनामा होली अर्थात फागु खेल्ने परम्परा चलेको मानिन्छ । काठमाडौ उपत्यका सहित पहाडी जिल्लाहरुमा मंगलबार र तराइमा भने बुधबार फागु पर्व मनाईन्छ । होलीको अवसरमा बिहानैदेखि रंग तथा अवीर खेल्ने क्रम शुरु भैसकेको छ । होली मनाउने क्रममा लिड अर्थात सिसायुक्त रंग र पेन्ट्सको प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् । सिसायुक्त रंग र पेन्ट्सले छालामा एलर्जी हुने, छाला डढाउने, फोका आउने, छालाजन्य रोग लागेर दाग बस्ने र चाउरी पर्ने समस्या हुने भएकाले सावधानी अपनाउन उनीहरुको सल्लाह छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News