Winamp windows Media Player Real Player QuickTime

दोस्रो चरणमा २ हजार भन्दा वढिले फोटो खिचे

१३ चैत
जिल्ला निर्वाचन कार्यालय चितवनले सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमको दोस्रो चरणमा दुईहजार भन्दा वढिले फोटो खिचाएका छन् । चैत्र ६ गतेदेखि सुरु भएको कार्यक्रममा हालसम्म चितवनका २२ गाविसका ४ हजार १ सयभन्दा वढिले अहिलेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार दोस्रो चरणको कार्यक्रममा पुर्वि चितवनको विरेन्द्रनगर र चैनपुरमा फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा सर्वसाधरणको सहभागिता राम्रो देखिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन कार्यक्रम चितवनमा आगामी चैत्र २६ गतेसम्म सञ्चालन गरिने बताउनु भयो।मतदाता नामावली संकलनका लागि निर्वाचन कार्यालयले तालिम प्राप्त ११ जना कर्मचारीलाई खटाएको छ।पहिलो चरणमा २ हजार १ सय भन्दा वढि सर्वसाधरणले फोटो खिचाएका थिए ।भने दोस्रो चरणमा दुईहजार ३६ जनाले फोटो सहितको मतदाता नामावली सकंलनमा आफ्नो नामा दर्ता गराएका छन् ।
 

Local News

Political News

International News

Sports News