Winamp windows Media Player Real Player QuickTime

चितवनमा पनि नेकपा माओवादीको अवरोध

१५ चैत

संबिधानसभाको निर्वाचन विथोल्ने उद्घोष गरिसकेको नेकपा माओवादीले आज चितवनमा पनि फोटो सहितको मतदाता नामावली संकलनमा अबरोध गरेका छन् । जिल्लाको कविलास गाविसमा चलिरहेको नामावली संकलन कार्यमा माओवादीले अबरोध गरेको हो । गाविस कार्यालयमा मतदाता नामावली संकलन गरिरहेको समयमा पुगेका नेकपा माओवादीका कार्यकर्ताहरुले नामावली संकलनका लागि राखिएको फारम खोसेर लगेको जिल्ला निर्वाचन अधिकारी हरी ढकालले बताउनुभयो । माओवादी कार्यकर्ताहरुले मतदाता नामावली संकलन नगर्न धम्की दिएको प्रत्यक्षदर्शीले बताएका छन् । यता, नेकपा माओवादी चितवन क्षेत्र नम्बर ३ का ईन्चार्ज नारायण शर्माले पार्टीको संबिधानसभाको निर्वाचन बिथोल्ने केन्द्रिय नीति अनुसारनै मतदाता नामावली संकलनमा अबरोध गरिएको बताउनुभयो । आज सांकेतिकरुपमा बिरोध जनाइएको बताउदै शर्माले यसलाई बेवास्ता गरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
यसैबीच, गाविस कार्यालयमा रहेको मतदाता नामावली फारम माओवादीले लगेपछि पुनः नयाँ फारम पठाएर काम सुचारु गराइएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । चितवनका अन्य स्थानहरुमा भने संकलन कार्यमा अहिले सम्म कुनै अबरोध नआएको उहाँले बताउनुभयो । चुनावी मन्त्रिपरिषद्को गठन भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनले चैत्र ६ गतेदेखि पहिलो चरणमा छुटेकाहरुका लागि मतदाता नामावली संकलन कार्य सुरु गरेको थियो । उता, मकवानपुरको हेटौडा ८ कमानेमा रहेको वडा कार्यालयमा मतदाता नामावली संकलनमा अबरोध गरेको भन्दै नेकपा माओवादी मकवानपुरका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । मतदाता नामावली संकलनमा अवरोध गरेको भन्दै प्रहरीले माओवादी मकवानपुरका नेता रबिन्द्र देउला र कृष्णराज कोइरालालाई पक्राउ गरेको नेकपा माओवादी मकवानपुरका सेक्रेटरी ईन्द्रबहादुर परियार नयनले बताउनुभयो ।
नेकपा माओबादीको समुहले मकवानपुरको हर्नामाडीमा मतदाता नामावली संकलनमा अवरोध गरेको छ । निर्वाचन आयोगले चुनावलाई असर पर्ने खालका गतिबिधी नगर्न सबैपक्षसंग आग्रह गरेपनि मोहन बैद्य नेतृत्वको नेकपा माआवादीले मतदाता नामावली संकलन गर्ने काममा अबरोध गरेको छ । नेकपा माओवादीले प्रधानन्यायाधीश नेतृत्वको सरकार बिघटन गरेर दलरुको सहमतिमा दलीय सरकार नबनेसम्म निर्वाचन हुन नदिने अडान राख्दै आएको छ ।
 

Local News

Political News

International News

Sports News