Winamp windows Media Player Real Player QuickTime

कंकालीको संरक्षणका लागी स्थानियको सक्रिएता

१५ चैत
पुर्वी चितवनको रमणिय क्षेत्र कंकाली सामुदायिक वन तथा ऐतिहासिक कंकालीमाई मन्दिर र पुरानो सदरमुकाम कंकालीकोटको संरक्षण र सम्र्वद्धनका लागी स्थानियवासीहरु सक्रिय रुपमा लागेका छन् । प्रचार प्रसार ओझेलमा परेको ति स्थानको संरक्षण र प्रर्वद्धनका लागी जिल्लाका जिम्मेवार निकाय,पत्रकार,राजनितिक दल लगायतका उनीहरुले भोली एकै ठाँउमा भेला गर्ने भएका छन् ।  ओझेलमा परेका ति स्थानहरुको प्रचार प्रसार तथा संरक्षणमा सरकारी स्तरबाट ध्यान जान नसकिरहेको अवस्थामा सवै पक्षमा एकै ठाँउमा भेला गर्न लागेको कंकाली सामुदायिक वनका अध्यक्ष राममणी न्यौपानेले जानकारी दिनुभयो । भोली विहान प्रमुख जिल्ला अधिकारी,स्थानिय विकास अधिकारी,प्रहरी प्रमुख,पत्रकार,स्थानिय राजनितिक दलका प्रतिनिधीको उपस्थितीमा अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रम गर्न लागेको न्यौपानेले वताउनु भयो । कंंकाली सामुदायिक वन क्षेत्रमा रहेको पिकनिक स्पटदेखि चितवनको दोश्रो सदरमुकाम कंकालीकोट आधा घण्टामा दुरीमा रहेको छ । अवलोकन भ्रमणपछि कंकालीकोटमा पुगेर अन्तरक्रिया गरिने न्यौपानेले वताउनु भयो ।  
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News