Winamp windows Media Player Real Player QuickTime

एक दशक पछि सरकारी दरवन्दी

१५ चैत
पदमपुर ८ सिमलबस्तीमा रहेको जनहीत राप्राविले स्थापनाको एक दशक पछि सरकारी दरबन्दीको शिक्षक पाएको छ । पिठुवा ८ मा रहेको विन्द्धेश्वरी निमाविमा शिक्षक दरबन्दीको तुलनामा विद्यार्थी संख्या कम भएपछि जिल्ला शिक्षा कार्यालयले विन्द्धेश्वरीको १ शिक्षक दरबन्दी कटौती गरी शिक्षक भरतराज रेग्मीलाई दरबन्दी मिलान गर्दै जनहीत राप्राविमा पठाएको हो । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नव नियुक्त शिक्षक रेग्मीलाई अभिभावक र विद्यार्थीले स्वागत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर घलानले स्थापना कालदेखि शिक्षक दरबन्दी नहुदा निजी तवरले विद्यालय सञ्चालन गर्न आफुहरुले कठिनाईको सामना गर्दै सुकुम्वासी बस्तीका स्थानीयहरु संग चन्दा संकालन गर्दै विद्यालय सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा अभिभावक ऋषिराम मरहठ्ठाले नयाँ शिक्षक रेग्मीको आगमन संगै स्थानीयमा खुसियाली छाएको बताउनु भयो । सो विद्यालयमा चेपाङ र तामाङ समुदायका ३ सय १० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News