Winamp windows Media Player Real Player QuickTime

ज्याम्वोरीको तयारी

१६ चैत
यही चैत्र २८ गतेबाट पूर्वी चितवनको टिकौली चौरमा हुने नेपाल स्काउटको दोस्रो राष्ट्रिय स्काउट ज्याम्बोरीको तयारीका लागि सर्भिस टिम रोभरहरु (यूवा स्काउटको समुह) खटिएको छ । ज्याम्बोरीको आवश्यक तयारीका लागि कास्की, मोरङ्ग, मकवानपुर, काठमाण्डौ, चितवन, कैलाली, सुनसरी, झापालगायतका जिल्लाबाट करिब ५० जना सर्भिस टिम रोभरहरु तयारीमा जुटेका हुन् । सर्भिस गु्रप इञ्चार्ज शरण महर्जनको नेतृत्वमा परिचालन भएको सो समुहले ज्याम्बोरी स्थल सरसफाई, टेण्ट फिटिङ्ग, प्रचार–प्रसार, दैनिक सुरक्षा, भौतिक संरचना संरक्षण आदिको कार्य थालनि गरि सकेको ज्याम्बोरी सचिवालय टिकौलीले जानकारी दिएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको अस्थायी ज्याम्बोरी सचिवालयले, टेण्डर कोटेशनबाट स्टार बैङक्वीटलाई खानेपानी, शौचालय, विद्यूतिय सेवा, वा“स पाल आदीको जिम्मेवारी दिएको छ । ज्याम्बोरी भब्यताका साथ सम्पन्न गर्न चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी सहित सरकारी, गैर सरकारी, बुद्घीजिवी, राजतितिज्ञ, समाजसेवी, उद्योगी, ब्यवसायि र जिल्ला स्काउट कार्यालय चितवनको टोलीले तयारीमा सहयोग गरिरहेका छन् । ज्याम्बोरी यही बैशाख २ गते सम्म चल्ने छ । ज्याम्बोरीमा सार्क र युरोपका गरि करिव ५ हजार स्काउटको सहभागिता हुदैछ । नेपाल करिव २६ वर्षपछि अहिले फेरी यो ज्याम्बोरी हुन लागेको हो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM
  • Next Program
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM

Local News

Political News

International News

Sports News