Winamp windows Media Player Real Player QuickTime

कंकालीकोटलाई विकास गनु पर्नेमा जोड

१६ चैत
पुर्वी चितवनको चैनपुरस्थित कंकालीकोट मन्दिरलाई आन्तरीक धार्मिक पर्यापर्यटनको रुपमा विकास गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कंकाली सामुदायिक वन उपभोक्ता समुह कंकालीकोट अवलोकन तथा आन्तरीक धार्मिक पर्यापर्यटन विकास विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो वताएका हुन् । प्रचार प्रसारका कारण ओझेलमा परेको कंकालीकोट मन्दिरको संरक्षण र सम्र्वद्धन गर्दै आन्तरीक पर्यटक भित्र्याउनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले लुकेर रहेका ति क्षेत्रमा पहिले आन्तरीक पर्यटकलाई आर्कषित गराउँदै संरक्षण र प्रर्वद्धन गर्नु पर्ने वताउनु भयो । कंकालीकोट मन्दिरमा पुग्न वाटो,खानेपानीको व्यवस्था मिलाउन सके प्रचुर सम्भावना रहेको उहाँको भनाई थियो । कार्यक्रममा स्थानिय विकास अधिकारी वन्धुप्रसाद वास्तोलाले ऐतिहासिक र धार्मिक क्षेत्र भएको कंकालीकोटको उच्च सम्भावना रहेको वताउनु भयो । स्थानियवासीको मात्र सक्रिएतामा सम्भावनाको त्यो क्षेत्रलाई उजागर गर्न नसकिने भन्दै उहाँले स्थानियवासी,वुद्धिजिवी,उद्योगी व्यावसायी,जिल्ला विकास समितिले समन्वयात्मक ढङ्गले काम गर्नु पर्ने वताउनु भयो । त्यस्तै उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष केशव पाठकले कंकालीकोट मन्दिरलाई मौलाकालिकाको रुपमा विकास गर्नु पर्ने वताए । कंकालीकोटको विकास गरे तीर्थ व्रतका लागी अन्त जाने परिपाटी हटाई स्थानिय क्षेत्रमा तीर्थ व्रतका लागी आकर्षित गर्नु पर्ने पाठकको भनाई थियो । कंकालीकोटको विकास,संरक्षण र सम्र्वद्धनका लागी उद्योगी व्यवसायीहरुले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलिप मैनाली,सहायक वन अधिकृत इमनाथ पौडेल,कंकाली सामुदायिक वनका उपाध्यक्ष वेदवहादुर अधिकारी,कंकाली माविका शिक्षक रामेश्वर पोखरेल लगायतले संरक्षण र सम्र्वद्धन गरे आन्तरीक पर्यटकको गन्तव्य वन्न सक्ने वताएका थिए । । नवप्रभाव विकास केन्द्र चैनपुर ७ र उद्योग वाणिज्य संघ खैरहनीको सहयोगमा भएको कार्यक्रममा नव प्रभात विकास केन्द्रका अध्यक्ष डिल्लीराम सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रम कंकाली सामुदायिक वनका अध्यक्ष राममणी न्यौपानेको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया अघि प्रमुख जिल्ला अधिकारी,स्थानिय विकास अधिकारी, ंककाली सामुदायिक वनका पदाधिकारी,उद्योग वाणिज्य संघ खैरहनीका पदाधिकारी,नवप्रभात विकास केन्द्रका पदाधिकारी,स्थानियवासी,पत्रकारहरुको टोलीले कंकाली सामुदायिक वन,कंकालीकोटको मन्दिर,पुरानो सदरमुकाम लगायतको अवलोलन भ्रमण गरेको थियो ।  
 

Local News

Political News

International News

Sports News