Winamp windows Media Player Real Player QuickTime

रत्ननगरमा प्रचार प्रसारमा अवरोध

१७ चैत
धु्रवराज खनाल
पुर्वी चितवनको रत्ननगरमा निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यको प्रचार प्रसारमा नेकपा माओवादीले अवरोध गरेको छ । नेकपा माओवादीले रत्ननगर ४ मा प्रचार प्रसारमा खटिएको टोलीको प्रचार प्रसार सामाग्री खोसेको निर्वाचन आयोग चितवनले जनाएको छ । प्रचार प्रसारका क्रममा पानी खान रोकिएको अवस्थामा एउटा मोटरसाईकलमा आएका दुई जनाको समुहले रत्ननगर ४ सिनेमारोडबाट माईक र मेमोरिकार्ड लगेको वडा सचिव शिवप्रसाद लामिछानेले जानकारी दिनुभयो । रत्ननगरमा यही १९ गते देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु हुदैछ । प्रचार प्रसार सामाग्री खोस्ने नेकपा माओवादीका कार्यकर्ताको खोजी भईरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । यता नेकपा माओवादी क्षेत्र नम्वर दुईले भने संबिधानसभाको निर्वाचन बिथोल्ने केन्द्रिय नीति अनुसारनै अबरोध गरिएको जनाएको छ । यस अघि जिल्लाको कविलास गाविसमा चलिरहेको नामावली संकलन कार्यमा माओवादीले अबरोध गरेको थियो ।
 

Local News

Political News

International News

Sports News