Winamp windows Media Player Real Player QuickTime

वर्तमान सरकारसंग वार्ता सम्भव छैन– चन्द

चैत १८
धु्रवराज खनाल
नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लपले अन्तरीम चुनावी मन्त्रीपरषदसंग वार्ता हुन नसक्ने वताउनु भएको छ । क्रान्तिकारी पत्रकार महासंघ चितवनले आज अपरान्ह रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव चन्दले प्रतिगामी वर्तमान सरकार संग वार्ताको सम्भावना नरहेको वताउनु भयो । वर्तमान सरकार गठन भएसंगै प्रतिगमन सुरु भएको भन्दै नेता चन्दले सक्रमणकाल अन्त्य गर्ने शक्तिसंग मात्र आफुहरुले वार्ता गर्ने उल्लेख गर्नु भयो । नेता चन्दले अन्तरीम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीसंग चुनाव गराउने हंैसियत समेत नरहेको वताउनु भएको छ ।
संविधान सभाको निर्वाचन हुन नसक्दैन भन्दै उहाँले रेग्मी चुनाव गराउने मनस्थितीमा नरहेको टिप्पणी गर्नु भयो । उहाँले वास्तविक चुनावको पक्षमा कोही पनि नभएको वताउनु भयो ।   
उहाँले विस्तृत शान्ती सम्झौता भन्दा माथी रहेर सहमती गरी राजनितिक दलका नेताकै नेतृत्वमा सरकार गठन गर्नु पर्ने वताउनु भयो । खिलराम रेग्मीलाई अन्तरीम चुनावी मन्त्रीपरिषदको अध्यक्ष वनाएको निर्णय सच्चाउनु पर्ने जोड दिदै नेता चन्दले निर्णय  नसच्चाए त्यस पछि उत्पन्न हुने परिस्थितीको जिम्मेवार प्रमुख चार दल र रेग्मी स्वयमले लिनु पर्ने वताउनु भयो ।
 देशको सरकारी कर्मचारीले निर्वाचन गर्न नसक्ने भन्दै नेता चन्दले प्रमुख चार दल र सरकारले निरंकुशता लाद्ने काम मात्र गरेको आरोप लगाउनु भयो । मतदाता नामावली सकलन तथा अद्यावधिक कार्यमा किन अवरोध गर्नु भएको भन्ने पत्रकारको जिज्ञासमा नेता चन्दले त्यो जनता अलमलमा पार्ने काम मात्र भएको वताउनु भयो ।
यस अघि आजै दिउसो कार्यकर्तालाई प्रशिक्षण दिदै नेता चन्दले चुनाव अहिलेको अवस्थामा आवश्यकता नरहेको वताउनु भयो । चुनावलेनै वर्तमान समस्या समाधान नगर्ने भन्दै उहाँले खिलराज रेग्मीले चुनाव गराउने प्रयास गरे क्रान्ती एक स्थान माथी उठाउने चेतावनी दिनुभयो । आफुहरुले गर्ने क्रान्तीले कसलाई राख्ने कसलाई नराख्ने निर्णय गर्ने वताउनु भयो । राजनैतिक दललाई असफल बनाएर वैदेशिक शक्ति केन्द्रले बनाएको अराजनैतिक सरकार चुनाव गराउन नभई फासिष्ट रुपमा माओवादी र नेपाली जनतालाई दमन गर्न बनेको बताउनुहुँदै त्यसको छिट्टै सुरु हुने विरोध र क्रान्तिको लागि तयार रहन नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आग्रह गर्नुभयो । दक्षिण तामशालिंग राष्ट्रिय जनस्वयं सेवक नेपालको आयोजनामा रत्ननगरको गंगा प्लाजामा सम्पन्न प्रशिक्षण कार्यक्रममा कार्यक्रममा नेकपा माओवादी तामशालिंकका इञ्चार्ज कुलबहादुर केसी सोनाम, सेक्रेटरी सुर्यप्रकाश सुवेदी पथिक, केन्द्रिय सदस्य द्वय अमृता थापामगर सन्ध्या तथा अनिल विरहि लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News