Winamp windows Media Player Real Player QuickTime

ज्याम्वोरीको तयारी तीव्र

चैत १८
पूर्वी चितवनको टिकौली चौरमा हुने नेपाल स्काउटको दोस्रो नेपाल स्काउट ज्याम्बोरीको तयारी तीव्र पारिएको छ । ज्याम्वोरीका लागी आवश्यक आवास निर्माण,मैदान सरसफाईको काम भईरहेको  आज पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईएको हो । ज्याम्वोरीमा सहभागी ५ हजार जना राख्न टिकौली खेल मैदानमा झण्डै ५ सय क्याम्प निर्माणको काम भईरहेको नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले जानकारी दिनुभयो । २६ वर्षपछि चितवनको टिकौलीमा आयोजना गरिएको ज्याम्वोरीमा देश र विदेशका स्काउट विद्यार्थीहरु तथा शिक्षकहरुलाई ह्याङकिङ,रोड बाईकिङ,जलकिडा,फिसिङ,र्याफ्टिङ,जिवन रक्षा शिपको अभ्यास गराईने लामिछाने वताउनु भयो । ६ दिन सम्म चल्ने ज्याम्वोरीमा अन्तराष्ट्रिय वृतचित्र प्रर्दशनी ,फोटो प्रर्दशनी,राष्टिय खेल,चित्रकला,कम्युक्टर हस्तकला,र विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि गरिने छ ।स्काउट नागरीकलाई सचेत र अनुसासित वनाउने एउटा कलात्मक शिक्षा दिने संस्था हो । विषेश गरेर विद्यार्थी केन्द्रित स्काउटको कार्यक्रम हुने भएकाले चितवनमा आयोजना गरिएको ज्याम्वोरीले समग्र जिल्लाको शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने पत्रकार सम्मेलनमा चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले वताउनु भयो । ज्याम्वोरीमा सार्क राष्टका अफगानिस्तान वाहेक,मलेसिया,अमेरिका,जापान,फिनल्याण्ड लगायतका राष्टबाट करिव ५ हजार स्काउटको सहभागिता हुनेछ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News