Winamp windows Media Player Real Player QuickTime

चितवनमा आजदेखि चौथो चरणको काम सुरु

१९ चैत
जिल्ला निर्वाचन कार्यालय चितवनले संचालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यको आजदेखि चौथो चरण सुरु हुदैछ । कार्यालयले चौथो चरणमा पुर्वी चितवनका रत्ननगर नगरपालिका ,जुटपानी,पिठुवा र भण्डारा तथा भरतपुर नगरपालिकाका केही वडाहरुमा कार्य सुरु गर्न लागेको हो । भरतपुर नगरपालिकाको २,७ र १३ नम्वर वडामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु हुने जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यालयले पाँच चरणमा जिल्ला मतदाता नामावली तथा अद्यावधिक कार्य संचालन गरेको छ । तेश्रो चरण सम्म जिल्लाको ३३ गाविसमा ६ हजार २ सय ६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् ।
 

Local News

Political News

International News

Sports News