Winamp windows Media Player Real Player QuickTime

पिठुवा गाविसमा नेकपा माओवादीद्धारा तालावन्दी

१९ चैत
नेकपा माओवादीले निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा अवरोध पुर्याउन पुर्वी चितवनको पिठुवा गाविसमा तालावन्दी गरेको छ । केन्द्रिय निति अनुसारनै नेकपा माओवादी पिठुवा गाँउ कमिटिले आज विहान गाविसमा तीन दिनका लागी ताला लगाएको हो । पिठुवा गाविसमा आजदेखिनै मतदाता नामावली तथा अद्यावधिक कार्य सुरु हुन लागेको थियो । नेकपा माओवादी  चितवन क्षेत्र नम्वर दुईको निर्देशन अनुसार विहान ७ वजे गाँउ कमिटिले गाविसमा तालावन्दी गरेको क्षेत्र नम्वर दुईका सहइन्चार्ज हुकुमले जानकारी दिनुभयो । पुर्वी चितवनका अन्य क्षेत्रमा पनि आजदेखिनै मतदाता नामावली संकलन कार्य सुरु हुने भएकाले नेकपा माओवादीले अवरोध सिर्जना गर्ने संकेत दिएको छ ।  
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News