Winamp windows Media Player Real Player QuickTime

मतदाता नामावली कार्य स्थगीत

१९ चैत
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम स्थगित गरेको छ । आयोगले देशभरका निर्वाचन कार्यलयहरुलाई परिपत्र गर्दै मतदाता नामावली तथा अद्यावधिक कार्य रोक्न निर्देशन दिएको हो । जिल्ला निर्वाचन कार्यलय चितवनमा आज पत्रकार सम्मेलन गर्दै परिपत्र अन्र्तगत चितवनको पनि मतदाता नामावलि संकलन तथा अद्यावधिका कार्य रोकिएको जानकारी दिईएको छ । कार्यालयले स्थानिय निकायहरु मार्फत नामावलि संकलन तथा अद्यावधिक कार्य जारी राखेको बेला स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत हरि ढकालले बताउनुभयो । नागरिकता नभएका कारण मतदाता नामावलि संकलनमा अपेक्षाकृत उपलव्धि नभएको निष्कर्र्षमा निर्वाचन आयोेग पुगेपछि नागरिकता वितरण र मतदाता नामावलि संकलन तथा अद्यावधिक कार्य एकै चोटि गर्ने भन्दै अहिलेका लागी सो कार्य स्थगित गरेको हो । चितवनमा अहिले सम्म दुई लाख ५० हजार भन्दा बढि मतादात नामावलि संकलन तथा अद्यावधिक भैसकेको निर्वाचन अधिकृत ढकालले बताउनुभयो । यसैबीच मतादाता नामावली संकलनको कार्य चलिरहेको बेला चितवन जिल्ला प्रशासनमा नागरिकता बनाउने सेवाग्राहि बढेको छ । सामान्यतया ५०÷६० वटा नागरिकता दैनि बन्ने प्रशासनमा अहिले १ सय भन्दा बढि नागरिकता बनाउने सेवाग्राहिहरु प्रशासन पुग्ने गरेका छन् । भिड बढे सगै प्रशासनले दुई छुट्टाछट्टै काउन्टरबाट नागरिकता वितरण गरी सेवा छिटो छरितो बनाएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News