Winamp windows Media Player Real Player QuickTime

माओवादीका कार्यकर्ताले रत्नगनरमा २ वटा ल्यापटप फुटाए

१९ चैत
नेकपा माओवादीका कार्यकर्ताले चितवनको रत्ननगरमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा खटिएको टोलीको दुई वटा ल्यापटप फुटाई दिएका छन् । ल्यापटप फुटाउने नेकपा माओवादीका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर ३ मा माओवादीका कार्यकर्ता सविन लामा र रवि गुरुङले मतदाता नामावली संकलन कार्य भईरहेको वेला ल्यापटप फुटाई दिएका हुन् । उनीहरुले स्वयम मतदाता नामावली संकलनमा फोटो खिचाएका पनि छन् । मतदाता नामावलीमा फाराम भरेर फोटो खिचाई वाहिर निस्कने क्रममा उनीहरुले ल्यापटप फुटाई दिएको मतदाता संकलन कार्यमा खटिएका कर्मचारी अशोक थपलियाले जानकारी दिनुभयो । ल्यापटप फुटाई वाहिर निस्कने क्रममा सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको थियो । यता
आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपा माओवादी पुर्व पश्चिम राजमार्ग अन्र्तगत रत्ननगरको टाँडीचोकमा करिव १ घण्टा सडक अवरुद्ध गरेका छन् । पक्राउ परेका  कार्यकर्ता रिहाइको माग गर्दै नेकपा माओवादीले सडक अवरुद्ध गरेको हो । साँझ सम्म कार्यकर्ता रिहा गर्ने आश्वासनपछि अवरुद्ध सडक खुलाईएको छ ।  यस्तै रत्ननगर नगपालिकामा फोटो खिचाउन आएकाहरुलाई नेकपा माओवादीका कार्यकर्ताले फिर्ता पठाई दिएका छन् । यस अघि आजै माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनको तयारी भईरहेको अवस्थामा पुर्वी चितवनको पिठुवा गाविसमा तालावन्दी गरेका छन् । तालावन्दी तीन दिन सम्म जारी रहने माओवादीले जनाएको छ । नेकपा माओवादीले केन्द्रिय कार्यक्रम अन्तर्गत भन्दै देशका विभिन्न ठाँउमा मतदाता नामावली संकलन कार्यमा अवरोध सिर्जना गर्दै आएको छ ।
 
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News