Winamp windows Media Player Real Player QuickTime

विद्युत चोनै ४४ जना पक्राउ

१९ चैत
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडीको चुहावट नियन्त्रण टोलीले आज ३० जनालाई पक्राउ गरी कारवाही गरेको छ । प्राधिकरणका सुपरभाईजर जयन्तीप्रसाद उपाध्ययको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले उनीहरुलाई शक्तिखोर,जुटपानी,पिठुवा र रत्ननगरबाट पक्राउ गरी कारवाही गरेको हो । शक्तीखोरबाट ८,जुटपानीबाट १८,पिठुवाबाट २ र रत्ननगरबाट २ जनालाई पक्राउ गरिएको प्राधिकरणका फोर मेन विष्णु नेपालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा १२ महिला र १८ पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई नियम अनुसार जरिवानालाई तिराई छाडिएको नेपालले वताउनु भयो । चुहावट नियन्त्रण टोलीले टिभी ३ थान,फ्रिज १ थान,पानी तान्ने मोटर १ थान र राईसकुकर १ थान पनि वरामद गरेको छ । विहान ५ वजेदेखि खटिएको टोलीमा १२ जना प्रहरी र ३० जना प्राधिकरणका कर्मचारी सहभागी थिए । प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले महसुल नवुझाउने ग्राहकको लाईन काट्ने कार्यलाई पनि जारी राखेको छ ।  यसैबीच विद्युत चुहावटमा संलग्न १४ जनालाई विद्युत प्राधीकरणको चुहावट नियन्त्रण टोलीले आज विहान पक्राउ गरेको छ । गीतानगरबाट १२ जना र भनपा ९ र पटिहानीबाट १–१ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरुमाथी प्राधीकरणको नियमअनुसार कारवाही गरिएको , प्राधीकरणका प्रवक्ता सुरेश पण्डीतले जानकारी दिनुभयो ।।
यसैबीच , समयमा विद्युत महसुल नबुझाएपछि ,प्राधीकरणले रामपुर कलेजको लाइन काटेको छ । यसअघि पनि लाइन काटीएकोमा , कलेजले किस्ताबन्दीमा विद्युत महसुल बुझाउने आश्वासन दिएपछि , विद्युत सुचारु गरिएकोमा हाल किस्ताबन्दीको रकम पनि आउन छाड्पछि लाइन काटीएको प्रवक्ता पण्डीतले जानकारी दिनुभयो । यस्तै , विद्युत महसुल नबुझाउने अन्य ग्राहकहरुको लाइन काट्ने कामपनि तिब्र पारीएको वहाँले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News