Winamp windows Media Player Real Player QuickTime

सहकारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै

२० चैत
स्वाधिन अर्थतन्त्रको लागि सहकारी भन्ने नाराका साथ ५६ औं राष्ट्रीय सहकारी दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापनासंगै सहकारी शुरुवात भएको दिन स्मरण गर्दै हरेक वर्ष यसै दिन दिवस मनाइन्छ ।दिवसको अवसरमा सहकारी तथा गरिवी निवारण मन्त्रालय पनि सम्हालेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले उपयुक्त कानुनको तर्जुमा र स्थायी पद्धतिको विकास गरी स्वतःस्फूर्त रुपमा सहकारी संघ संस्थाहरु संचालन हुने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।सहकारीबाट उत्पादन तथा वितरणको आधार निर्माण र सामाजिक न्यायको प्रर्वद्धन गर्न सकिने हुदा सरकारले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभएको छ । छरिएका श्रम, सीप, क्षमता र श्रोतलाई एकत्रित गरी आर्थिक , सामाजिक विकास गर्ने सर्वोत्तम पद्धतिको रुपमा सहकारीलाई लिइन्छ ।अहिले देशमा विभिन्न विषयगत तथा वहुउदेश्यीय गरी २७ हजार भन्दा धेरै सहकारी संस्थाहरु छन् । यस्तै २ सय ४२ वटा जिल्ला स्तरीय संघ, १६ वटा केन्द्रीय संघ, एउटा राष्ट्रीय सहकारी बैङक र यी सबैको छाता संगठनको रुपमा एउटा राष्ट्रीय सहकारी संघ रहेको छ ।सहकारी क्षेत्रले कूल गार्हस्थ उत्पादनको ३ प्रतिशत भन्दा बढी र वित्तीय क्षेत्रमा १५ प्रतिशत भन्दा बढी योगदान पु¥याएको छ । तर पछिल्लो समयमा सहकारीमा विकृति र समस्याका घटना पनि बढिरहेका छन् । सहकारीलाई नागरिकको जीवनस्तर उकास्ने सही माध्यमको रुपमा अघि बढाउनको लागि जनचेतना जगाउने उदेश्यले दिवसको अवसरमा बिभिन्न कार्यक्रम हुदैछन् । चितवनको भरतपुरमा पनि विभिन्न सहकारी संस्थाहरुले र्याली निकाल्दै छन् । । यसैबीच ५६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा अरुण संचार सहकारी संस्था लिमिटेड र अर्पण वचत तथा ऋण सहकारी संस्था रत्ननगर १ वकुल्लहरले शुभकामना व्यक्त गरेको छ । दुवै सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद आचार्यले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सहकारीकर्मीहरु, संस्थाका शेयर सदस्यहरु,कर्मचारी,सहकारी आन्दोलनमा लागी समाज रुपान्तरणमा लाग्ने सम्र्पुण सरोकारवालामा एकका लागी सवै र सवैका लागी एक हुन यस दिवसले थप प्रेरणा पैदा गरोस भन्दै शुभकामना व्यक्त गरिएको छ ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News