Winamp windows Media Player Real Player QuickTime

पूर्व सिंचाईमन्त्री खाँडलाई किसानको अभिनन्दन

२० चैत
पुर्वसिंचाईमन्त्री वालकृष्ण खाँडलाई वछौली गाविसका किसानहरुले अभिनन्दन गरेका छन । सिंचाईमन्त्री भएका बेला किसानको हित अनुकुलको काम गरेको भन्दै चितवनको राप्ती तटवन्ध उपभोक्ता समिति बछौली, सौराहाका किसानहरुले पुर्वमन्त्री खाँडलाई अभिनन्दन गरेका हनु । अभिनन्दन कार्यक्रममा उहाले किसानहरुको अभिनन्दनले आफुलाई यस्ता काम गर्न अझै  उत्साहित पारेको बताउनुभयो । उहाले सरकारी कर्मचारीहरुलाई गाली गरेर नभई उनिहरुसंग समन्यव गरेर मात्रै जनहितकारी र सृजनात्मक काम गर्न सकिने अनुभव पनि सुनाउनु भयो।  काँग्रेस नेता खाँडको कार्यकालमा जनताको तटवन्ध कार्यक्रम निकै प्रभावकारी भएको कार्यक्रममा सहभागी कृषकहरुले बताएका थिए ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News