Winamp windows Media Player Real Player QuickTime

पन्चकन्या उमाविले स्वर्ण महोत्सव मनाउने

२० चैत
धु्रवराज खनाल
पुर्वी चितवनको रत्ननगर १३ जयमंगलामा रहेको पञ्चकन्या उच्च माविले स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । स्वर्ण महोत्सवको अवसरमा ९ दिन सम्म विभिन्न कार्यक्रम गर्ने विद्यालयले जनाएको छ । स्वर्ण महोत्सवको बारेमा जानकारी दिन आज विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी अन्तिम चरणमा रहेको विद्यालयका प्राचार्य मेघनाथ दुवाडीले जानकारी दिनुभयो । विद्यालयलले भोली(बुधवार) देखि चैत्र २९ गते सम्म ९ दिवसीय रुपमा महोत्सव मनाउन लागेको प्राचार्य दुवाडीले वताउनु भयो । कार्यक्रम अन्र्तगत भोली आध्यात्मिक प्रवचन हुने छ भने भोलीदेखिनै २४ गते सम्म विविध खेलकुद प्रतियोगिताहरु हुनेछ । चैत्र २४ गते महोत्सवको थप प्रचार प्रसारका लागी मोटरसाईकल र्याली,२५ गते नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता,श्रोत केन्द्रस्तरीय वकृत्वकला प्रतियोगिता र शैक्षिक सामाग्री निर्माण कार्यशाला हुने दुवाडीले जानकारी दिनुभयो । त्यस्तै २६ गते विद्यालय परिसर र वजार सरसफाई,२७ गते सुचना प्रविधी कार्यशाला,पुर्व शिक्षक,र्कमचारी पुर्नमिलन कार्यक्रम,विद्यालय व्यवस्थापन समितिका पुर्वपदाधिकारी पुर्नमिलन र पुर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम हुने छ । यसैगरी २८ गते राष्ट्रिय तथा स्थानिय कलाकारका साथमा सांस्कृतिक कार्यक्रम हुने छ भने अन्तिम दिन २९ गते विहान स्वर्ण महोत्सव शोभायात्रा तथा विहान १० वजे स्वर्ण महोत्सवको समुद्घाटन हुने प्राचार्य दुवाडीले वताउनु भयो । स्वर्ण महोत्सवको हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडीले उद्घाटन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । महोत्सव सफल वनाउनका लागी मुलसमिति सहित विभिन्न १६ वटा उपसमितिहरु गठन गरिएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्मारिका प्रकासन,स्वर्ण स्तम्भ निर्माण र विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । स्वर्ण स्तम्भ पुर्व विद्यार्थीहरुले ३ लाखको लागतमा निर्माण गरेको प्रचार प्रसार उपसमितिका संयोजक विश्वनाथ खनालले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको अभियान टेलिभिजन र रेडियो अर्पण आधिकारीक संचार माध्यम रहेका छन् ।
 

  • Program on air
  • Program Name: Offline Choice
  • Program Host:
  • Time duration: 01:00 PM-02:00 PM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM

Local News

Political News

International News

Sports News