Winamp windows Media Player Real Player QuickTime

भरतपुरमा वर्डफ्लु देखिएपछि कुखुरा नष्ट

२१ चैत
चितवनको शरदपुरस्थित कुखुरा फर्ममा भेटिएका बर्ड फ्लुयुक्त कुखुरा नष्ट गरिएको छ । स्थानिय प्रताप थापाको कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिए पछि सो फर्ममा रहेका २ हजार २ सय ओटा कुखुरा नष्ट गरिएको छ । त्यस्तै, १ सय १० क्रेट अण्डा तथा २ सय ५० केजी दाना पनि नष्ट गरिएको केन्द्रीय पंक्षी रोग निदान प्रयोगशाला भरतपुरका प्रमुख डा. बोधनाथ अधिकारीले बताउनुभयो ।  केन्द्रीय प्रयोगशालामा गरिएको परिक्षणमा शरदपुरमा बर्ड फ्लु भेटिए पछि सो क्षेत्रमा कुखुरा नष्ट गर्ने काम रातभर नै चलेको थियो ।  प्रयोगशालाले बर्ड फ्लुको थप पुष्टीका  लागी परिक्षण गराउन शुक्रबार नमुना काठमाडौ पठाएको थियो । बर्डफ्लु प्रभावित कुखुरा नष्ट गरिएपनि सो आसपासका कुखुरा फर्महरुलाई सजग रहन अधिकारीले आग्रह गर्नुभयो । यसअघि चितवनका विभिन्न २ स्थानहरुमा पनि बर्डफ्लु भेटिएपछि कुखुराहरु नष्ट गरिएका थिए । दुई वर्ष यता पहिलो पटक चितवनमा वर्डफ्लु भेटिएको हो ।
 

Local News

Political News

International News

Sports News