Winamp windows Media Player Real Player QuickTime

ट्रकको ठक्करबाट एकको मृत्यु

२१ चैत
भरतपुरको वाईपास रोडमा गएराती ट्रकको ठक्करवाट पैदलयात्रीको मृत्यु भएको छ । नम्वर नखुलेको एलपी ट्रकको ठक्करवाट अयोध्यपुरी ६ माडी घर भई हाल भनपा २ तिानखोला मा डेरा गरी बस्ने बर्ष १८ का रन्जीत बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक भने फरार रहेको प्रहरीले वताएको छ ।  घटना राती साढे ११ बजे वाइपासरोडको भनपा ११ स्थित दुर्गा मन्दिर अगाडी भएको हो ।  यसैबीच
नवलपरासीको माकर ४ बर्दघाटमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना २ ख ६३७८ नम्बरको ट्रकले सोहि दिशा तर्फ आईरहेको ग ४ प २२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक नवलपरासी तिलकपुर १ का २५ वर्षिय प्रकाश न्यौपानेको मृत्यु भएको हो ।  गम्भीर घाईते मोटरसाईकलमा सवार सोहि स्थानका २५ वर्षिय खिल जित फौजदारलाई स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागी भरतपुर मेडिकल कलेज रिफर गरिएको छ ।  उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News