Winamp windows Media Player Real Player QuickTime

राजनतिक दलकै कारण राष्ट्रियता खतरामा परेको गजुरेलको भनाई

२२ चैत
नेकपा माओबादीका उपाध्यक्ष सिपी गजुरेलले प्रमुख राजनतिक दलकै कारण राष्ट्रियता खतरामा परेको बताउनु भएको छ । अखिल नेपाल राष्टिय स्बतन्त्र बिद्याथी युनियन क्रान्तिकारी ताम्सालिङ राज्य समितले आज भरतपुरमा आयोजना गरेको बर्तमान समयमा राष्ट्रियताको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उपाध्यक्ष गजुरेलले चारदलले देशको राष्ट्रियता खतरामा पारेको आरोप लगाउनुभयो । संबिधान सभा चुनाबको नाममा दलहरुले भारतियहरुलाई नागरिकता बितरण गर्ने तयारी गरेको भन्दै दलहरुको तयारी आफ्नो दल लाई मान्य नहुने बताउनुभयो ।देश कथित चारदलका नेताहरुको मात्र पेवा नभएको भन्दै उपाध्यक्ष गजुरेलले राजनैतिक निकासका लागी आफुहरुले साना दलसंग मोर्चाबन्दी गरेको बताउनुभयो ।बर्तमान खिलराज रेग्मी नेतृत्बको सरकारले मुलुक लाई निकास दिन नसक्ने भन्दै गजुरेलले आफ्नो दलले अघि सारेको राष्ट्रिय गोलमेच सम्मेलन नै राजनैतिक निकासको एक मात्र उचित बिकल्प भएको जिकिर गर्नुभयो ।
 

Local News

Political News

International News

Sports News