Winamp windows Media Player Real Player QuickTime

सामुदायिक मर्ज हुनबाट रोक्नु पर्ने

२२ चैत
सामुदायिक विद्यालय मर्ज हुनबाट जोगाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पुर्वी चितवनको पिठुवा ७ स्थित निम्न माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक सामाग्री तथा खेलौना वितरण कार्यक्रममा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यालय मर्ज हुनबाट जोगाउनु पर्ने उनीहरुको भनाई थियो । शिक्षा विभागले विद्यार्थी कम भएका सामुदायिक विद्यालयहरु मर्ज गर्ने वताईसकेको छ । कार्यक्रममा वोल्दै राष्ट्रिय प्राथमिक विद्यालय नदिकिनार भरतपुरकी प्रधानाध्यापक गायत्री शर्माले सामुदायिक विद्यालय मर्ज हुनबाट जोगाउन तथा विद्यार्थी आकर्षण गर्नका लागी अग्रेजी माध्यमबाट पठन पाठन गराउनु पर्ने वताउनु भयो । अग्रेजी माध्यमबाट पठन पााठन गराउन सके निजी विद्यालयहरुसंग प्रतिस्पर्धा गर्न सकिने र धरासायी तथा मर्ज हुने अवस्था नआउने वताउनु भयो । शिक्षा प्रेमी रमेश लामिछानेले सामुदायिक विद्यालयहरुमा पढाउने शैली परिवर्तन गराउनु पर्नेमा जोड दिनुभयो । साथै सामुदायिक विद्यालय पनि निजी विद्यालय सरहनै शिक्षा दिन सक्छन भन्ने अभिभावकको सोच परिवर्तन गर्नु पर्ने लामिछानेले वताउनु भयो । त्यस्तै सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पठनबाबु परियारले राज्यको लापरवाही र पुरानै शिक्षा नितिका कारण सामुदायिक विद्यालय धरासायी अवस्थामा रहेको वताउनु भयो । अध्यक्ष परियारले सामुदायिक विद्यालयहरुमा किन यस्तो अवस्था रहेको छ भनेर अनुगमन तथा खोज गर्नु पर्ने वताउनु भयो । महिला शसक्तिकरण तथा परिवर्तन संस्था नेपालको आयोजना तथा विदेशी संस्थहरु सामरिटन पर्स,अन्तराष्ट्रिय युएसए र कार्नेट नेपालको सहयोगमा अमेरिकाबाट अमेरिकी नागरीक लिला र सम्झनाले ल्याईएका शैक्षिक सामाग्री तथ खेलौना वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पिठुवा गाविस सचिव चन्द्रमणी आचार्यले विद्यालयमा १ देखि ५ कक्षा सम्म अध्ययन गर्ने ७० जना विद्यार्थीलाई सामाग्री वितरण गर्नु भएको थियो । महिला शशक्तिकरण तथा परिवर्तन संस्था नेपालकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामरिनट पर्सका सरोज आचार्य,कार्नेट नेपालका ऋषि सापकोटा,विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद घिमिरे लगायतले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News