Winamp windows Media Player Real Player QuickTime

माडीको छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट १० घर जलेर नष्ट

२२ चैत
चितवन माडीका छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीबाट १० घर जलेर नष्ट भएको छ भने २ वटा गोठ र एउटा  टौवा पनि जलेर नष्ट भएको छ । माडीको गर्दी ८ बरुवामा रहेको सुकुम्वासी टोलमा स्थानिय सोम ब. विकको घरबाट लागेको आगो मान ब. मगर, चिरञ्जीवि विक, शेर ब. ठकुरी तथा दल ब. विकको भान्सा कोठा जलेर नष्ट भएको छ । त्यसैगरि अयोध्यापुरीको बगैमा भएको आगलागीमा ३ वटा घर, २ गोठ र टौवा जलेर नष्ट भएको छ । सन्त ब. सुनारको घरबाट फैलिएको आगलागीमा बुद्धि ब. विक र ठुली दमिनीको घर जलेर नष्ट भएको छ । त्यस्तै बघौडा ९ छरछरेमा पनि २ घर आगलागीबाट पुर्ण रुपले क्षति भएको छ । आगलागीबाट गोरे विक. र राजु विकको घर जलेर नष्ट भएको छ । आगलागी स्थानिय तथा प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागी पिडीतहरुलाई आजै रेडक्रसले खाद्यान्न, लत्ता कपडा तथा राहतका सामग्री वितरण गरेको  छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News