Winamp windows Media Player Real Player QuickTime

काग्रेशको प्राथमिकता चुनाव कोईराला

चैत्र २३
नेपाली काग्रेशका सभापति सुसील कोईरालाले संविधान सभाको चुनाव असारमै हुनुपर्ने वताउनु भएको छ । नेपाली काग्रेश चितवन क्षेत्र नम्वर दुईले आज रत्ननगरमा आयोजना गरेको आमसभा तथा पार्टी कार्यालय शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै सभापति कोईरालाले काग्रेशको प्राथमिकता चुनाव भएकाले असारमै चुनाव हुने पर्ने वताउनु भयो । देश सिथिल अवस्थामा पुगिसकेको भन्दै उहाँले सवै शक्तिकेन्द्रहरु एकजुट भएर देशलाई निकास दिनु पर्ने वताउनु भयो । मुलुकलाई निकास दिने जिम्मेवारी काग्रेशको काँधमा आएको उल्लेख गर्दै उहाँले आपसी एकता भए अव आउने निर्वाचनमा काग्रेशको जीत सम्भव रहेको जिकिर गर्नु भयो । उहाँले पार्टी एक जुट भएर लाग्नु पर्नेमा जोड दिर्दै कसैले पनि कुठाराघात गर्न नहुने वताउनु भयो । आमसभालाई नेपाली काग्रेश संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना,केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली,महासमिति सदस्यहरु शेषनाथ अधिकारी,तीर्थ खनिया,पुर्व साँसद एकनाथ रानाभाट,काग्रेश जिल्ला सभापति टेकप्रसाद गुरुङ,पुर्व सभापति विकास कोईराला,जिल्ला सचिव जीतनारायण श्रेष्ठ,काग्रेश नगर सभापति रुपनराज घिमिरे,पार्टी कार्यालय निर्माणका लागी जग्गादाता सावित्री चौधरी लगायतले वोल्नु भएको थियो । कार्यक्रम काग्रेश क्षेत्र नम्वर दुईका सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो । काग्रेशको पार्टी कार्यालय निर्माणका लागी स्थानिय समाजसेवी सावित्री चौधरीले १२ धुर जग्गा उपलव्ध गराउनु भएको हो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News